तुलसीपुरबाट नगद १७ हजार रुपैयाँ सहित ६ जुवाडे पक्राउ



तुलसीपुरबाट नगद १७ हजार रुपैयाँ सहित  ६ जुवाडे पक्राउ

तुलसीपुर १९ असोज । जुवा खेलेको आरोपमा तुलसीपुर प्रहरीले १७ हजार नगद सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ निबासी ३२ बर्षका भुपबहादुर बस्नेत, २९ बर्षका सन्तोष भण्डारी, ३६ बर्षका दुर्गाप्रसाद नेपाली, तुलसीपुर उपमहानगरपालिका– ९ निबासी ५२ बर्षका मुन्ना सिद्दीकी, २९ बर्षका बीरबहादुर नेपाली, बाँके राप्ती सोनारी गाउँपालिका – ८ निबासी ३८ बर्षका गेहन्द्र वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख रञ्जन स्वाँरले जानकारी दिनुभयो ।

उनिहरुलाई तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेज नजिकैबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे