लुम्बिनी सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउदै



लुम्बिनी सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउदै

बुटवल २० असोज । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको बैठक आज( बुधबार बस्ने कार्यसूचि छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बैठकमा प्रतिस्थापन विधेयक मार्फत बजेट पेश गर्ने तयारी गरेका छन् । गत साउन २८ गते माओवादी केन्द्रका कूलप्रसाद केसी नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाही समेतको समर्थनमा गठबन्धन सरकार बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे