गाउँपालिकाको सम्रग विकासको माग गर्दै एक युवाद्धारा ३ दिने ध्यानाकर्षण भोक हड्ताल



गाउँपालिकाको सम्रग विकासको माग गर्दै एक युवाद्धारा ३ दिने ध्यानाकर्षण भोक हड्ताल

दाङ १८ असोज । बबई गाउँपालिकाको सम्रग विकासको माग गर्दै एक युवाले ३ दिने ध्यानाकर्षण भोक हड्ताल सुरु गरेका छन् । बबई गाउँपालिकाको प्राङगनमा बबई गाउँपालिका वडा नं.७ ढोलपुरका युवा भक्त डाँगीले सोमबार देखि तीन दिने ध्यानाकर्षण भोक हड्ताल सुरु गरेका हुन् ।

स्थानीय सरकार आएको पाँच वर्ष पुग्न केही समय बाँकी रहेको बेला चुनावको बेला घोषणापत्रमा राखेको कुरा र जनाताहरुलाई दिएको आश्वासन पुरा नगरेको र प्रतिपक्षले पनि कुनै प्रतिक्रिया नजनाएको भन्दै ध्यानाकर्षण भोक हड्ताल सुरु गरेको डाँगीले बताएका छन् ।

बबई गाउँपालिका भित्रका जनप्रतिनिधीहरुले जनताहरुलाई सधै आश्वासन मात्रै दिने गरेको भन्दै आफुले माग गरेको कुराहरु पुरा नभए बृहत रुपले आन्दोलन हुन सक्ने चेतावनी दिए । सोमबार बिहान १० बजे देखि सुरु भएको भोक हड्ताल असोज २० गते बेलुका सम्म रहने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे