दाङमा रोकी राखेको मोटरसाइकलमा आगलागी



दाङमा रोकी राखेको मोटरसाइकलमा आगलागी

दाङ १८ असोज । दाङमा रोकी राखेको मोटरसाइकलमा आगलागी हुँदा जलेर नष्ट भएको छ । घोराही उपमहानगरपालिका–२ स्थित बाटोमा रोकी राखेको सोही उपमहानगरपालिका–१९ नयाँ बस्ती बस्ने २८ वर्षीय खिमलाल रोकाको रा.५ प ५८०४ नम्बरको मोटरसाइकलमा आइतबार राति आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे