नेपालमा थप १ हजार ३० जनामा काेराेना सङ्क्रण, १ हजार जना निकाे १० जनाकाे मृत्यु



नेपालमा थप १ हजार ३० जनामा काेराेना सङ्क्रण, १ हजार जना निकाे १० जनाकाे मृत्यु

काठमाण्डाै १८ असाेज । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार आठ सय ७४ जनाको नमुना परीक्षण गर्दा एक हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार चार र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार दुई सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७० हजार दुई सय २४ पुगेको छ ।  यही अवधिमा थप १० जना सहित नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार एक सय ७४ जनाको ज्यान गएको छ । अहिले नेपालमा १६ हजार ६ सय ६ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ५१ जनाको आईसीयू र एक सय १८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख २० हजार पाँच सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६३ लाख ८४ हजार एक सय ७२ र एक मात्रा लगाउनेको सङ्ख्या ७८ लाख पाँच हजार ६ सय ८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे