देउखुरीबाट जंगली जनावरको सुकुटी सहित दुई जना पक्राउ



देउखुरीबाट जंगली जनावरको सुकुटी सहित दुई जना पक्राउ

लमही १८ असोज । देउखुरीबाट जंगली जनावरको सुकुटी सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी वर्ष २८ का बल बहादुर कुमाल र सोही गाउँ निवासी वर्ष २८ कै मीन बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
गएराती एक बजेको समयमा राजपुरको कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गरेको रा ३ प ३०६० नम्बरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा चामलको कट्टामा अन्दाजी २२ किलो र अर्को कट्टामा २५ किलो सुकुटी फेला परेको प्रवक्ता रिजालले बताए ।

नियन्त्रणमा रहेका उनीहरुले जंगली जनावरको भनेर बयान दिएको तर त्यो सुकुटी परिक्षण पछि मात्र केको हो भनेर पत्ता लाग्ने प्रवक्ताको भनाई छ ।पक्राउ परेकाहरूलाई कानूनी प्रक्रिया पूरा गरि डिभिजन वन कार्यालय देउखुरीलाई बुझाउने प्रवक्ता रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे