नेपालमा आज थप १ हजार ६६ जनामा काेराेना पुष्टि, १६ जनाकाे मृत्यु



नेपालमा आज थप १ हजार ६६ जनामा काेराेना पुष्टि, १६ जनाकाे मृत्यु

काठमाण्डाै २ असाेज । पछिल्लाे २४ घण्टामा देशभर एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गर्दा एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये नौ दशमलव ३६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७२ हजार आठ सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ३४ सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४७ हजार आठ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप १६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २८ पुगेको छ ।  अहिले नेपालमा २५ हजार ८२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ८९ जनाको आईसीयू र एक सय २१ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै २४ घण्टामा एक लाख ७० हजार तीन सय १७ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा ५५ लाख ६१ हजार आठ सय ८५ जनाले कोरोनाविरुद्धको पूर्ण मात्रा र ६१ लख ९८ हजार नौ सय ३६ जनाले एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे