दाङमा थप २ जनामा कोरोना पुष्टि, ४ जना निको



दाङमा थप २ जनामा कोरोना पुष्टि, ४ जना निको

दाङ २ असाेज ।  दाङमा शनिवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिवार कोरोना पुष्टि हुनेमा घोराही र राप्तीका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै शनिवार दाङका ४ जना कोरोना मुक्त भएका छन् ।

कोरोनामुक्त हुनेमा घोराहीका २ जना, तुलसीपुर र राप्तीका १÷१ जना रहेको केन्द्रले जनाएको छ । शनिवार थप ४ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७९ रहेको छ ।

ति मध्य घरमा ६८ जना, ७ जना आईसियूमा र ४ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३६ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ४३ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे