दाङमा टयाक्टर पल्टिदा तीन जना घाइते



दाङमा टयाक्टर पल्टिदा तीन जना घाइते

दाङ २ असाेज । दाङमा ट्याक्टर अनियन्त्रीत भैइ पल्टिदा दुई तीन जना घाईते भएका छन् । आज शनिबार दिउंसो साढे १ बजेतिर शान्तिनगर गाउँपालिका १ स्थित पञ्चकुलेबाट अमुवा तर्फ आउदै गरेको रा १ त २८८३ नं. को ट्याक्टर अनियन्त्रीत भैइ पल्टिदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाईते हुनेमा टेक्टरमा सवार बबई गाउँपालिका ६ निवासी १८ बर्षिय धन बहादुर थापा, सोहि ठाउँ निवासी १६ बर्षिय रोसन वली र १९ बर्षिय छवि बुढाथोकी रहेको प्रहरीले बताएको छ ।

घाइते मध्य थापा र वलीलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पतालले बताएको छ । घाइते थापाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अर्का घाइते बुढाथोकीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ । साथै ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटना बारे थप अनुसन्धान भैरहेकोे बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे