देशभर बिहिबार थप १,५११ जनामा कोरोना संक्रमण, १,६८९ जना संक्रमणमुक्त ११ जनाको मृत्यु



देशभर बिहिबार थप १,५११ जनामा कोरोना संक्रमण, १,६८९ जना संक्रमणमुक्त ११ जनाको मृत्यु

काठमाडौं ३१  भदौ । देशभर बिहिबार १ हजार ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ६५ जना र ३ हजार ९ सय ७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट बिहिबार थप ११ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय ८९ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २ पुगेको छ भने ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ सय ७२ जना रहेका छन् । जसमध्ये २४ हजार २ सय २२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५ सय ५० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ४ सय ७ जना आईसीयू र १२८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ४१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा 293, मोरङमा १२०, ललितपुरमा ९८, कास्कीमा ९३, झापामा ८८ र सुनसरीमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ५३, रुपन्देहीमा ४६, भक्तपुरमा ३९, मकवानपुरमा २५, बाँकेमा १७, जुम्लामा १५, सुर्खेतमा १३, काभ्रेपलाञ्चोकमा १२, कैलालीमा ११ र धनुषामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे