राप्ती गाउँपालिका भित्रका सबै बिद्यालय भाेली देखि खुल्ने
दाङ २७ भदाै । राप्ती गाउँपालिका भित्रका सबै बिद्यालय भाेली देखि खुल्ने भएका छन् । विद्यार्थीको भौतिक उपस्थितीमा भोलि देखि सामुदायीक र संस्थागत विद्यालयहरु खुल्ने भएका हुन ।
स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवा समेत संचालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद शाखा विश्वास विकले जानकारी दिएका छन् । प्रअहरुकाे बैठककाे सिफारिसमा शिक्षा सिमितकाे बैठक बसी गाउँ कार्यपालिकाको निणर्यमा डिसिसिएमसीकाे अनुमती लिएर विद्यालय खोल्ने निर्णय भएको विकको भनाइ छ । वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण प्रभावकारी नभएकाे र कोरोना संक्रमण दरमा कमी अाएपछि विद्यालय सञ्चालनमा ल्याउन लागेकाे बताइएकाे छ । राप्ती गाउँपालिकामा सामुदायिक २९ संस्थागत, १५ र धार्मिक ३ वटा गरी ४७ वटा विद्यालय रहेका छन् ।
यता घोराही उपमहानगरपालिका भित्रका सबै बिद्यालय भोली देखि खुल्ने भएका छन् । विद्यार्थीको भौतिक उपस्थितीमा भोलि देखि सामुदायीक र संस्थागत विद्यालयहरु खुल्ने भएका हुन । स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवा समेत संचालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिएका छन् ।
उता डिसिसिएमसीकाे बैठकले स्मार्ट लकडाउन कार्यबिधी अन्तरगत डिसिसिएमसी सङ समन्बय गरि भोली देखि स्थानिय तहले विद्यालय संचालन गर्न पाउने निर्णय गरेको छ ।
