दाङमा कक्षा १२ को परिक्षा दिने १० हजार बढी विद्यार्थीलाई काेराेना बिरूद्धकाे खोप दिइँदै



दाङमा कक्षा १२ को परिक्षा दिने १० हजार बढी विद्यार्थीलाई काेराेना बिरूद्धकाे खोप दिइँदै

दाङ २६ भदौ । दाङमा कक्षा १२ को परिक्षा दिने १० हजार वढि विद्यार्थीहरुलाई खोप लगाईने भएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको निर्णय अनुसार कक्षा १२ को परिक्षा दिने तयारीमा रहेका १० हजार १ सय ५७ नियमित तथा आंशिक विद्यार्थीहरुलाई खोप दिन थालिएका जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहिले जानकारी दिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई दाङ र राष्ट्रिय परिक्षा बोर्ड दाङको समन्वयमा भोली र पर्सी एस्ट्रजेनिका खोपको पहिलो मात्रा दिन थालिएको हो । सरकारको निर्देशन अनुसार १२ को परिक्षाका लागि विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा खोप लगाउन थालिएको कार्यालयका प्रमुुख शाहीले बताए । उनले विद्यार्थीहरुलाई प्रवेश पत्र लिएर गाउँपालिकाको स्वास्थ्य शाखाले तोकेको खोप केन्द्रमा जान समेत आग्रह गरे । परिक्षा यहि भदौ ३० गतेबाट सुरु हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे