भालुवाङको होटल पौवाले नयाँ भवनबाट सेवा दिन सुरु, प्रत्येक रुममा ५५ प्रतिशत छुट



भालुवाङको होटल पौवाले नयाँ भवनबाट सेवा दिन सुरु, प्रत्येक रुममा ५५ प्रतिशत छुट

भालुवाङ २४ भदौ । लुम्बिनी प्रदेशको दाङ जिल्ला राप्ती गाउँपािलका १ भालुवाङ आसपास क्षेत्रमा होटल क्षेत्रमा लगानी बढ्न थालेको छ । बिगतमा साना तथा मध्यमस्तरका होटलहरु संचालनमा रहेका बेला भालुवाङमा पछिल्लो समय स्तरीय होटलहरु पनि बन्न थालेका छन् । राप्ती गाउँपािलका १ भालुवाङमा बनेको होटल पौवा प्रदेश राजधानीकै पहिलो स्तरीय होटल बनेको छ ।

नेपाली आतिथ्यताका साथ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा स्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको होटल पौवाले भालुवाङबाट आंशिक सेवाप्रवाह दिन थालेको छ । करिव २५ करोड लगानी लक्ष्य सहित तीन वर्षअघि देखि भालुवाङमा रेष्टुरेन्ट सेवा दिइरहेको पौवाले अहिले सुविधा सम्पन्न अत्याधुनिक भवनबाट बसोबासको पनि सेवा दिन थालेको हो ।

स्टार लेभलको स्तरीय वासस्थानसहित नेपाली स्वादको पहिचान बनाएको होटल पौवाको १० वटा शाखा मध्ये भालुवाङ शाखा एक हो । यस अघि देउखुरीको लमही, रुपन्देहीको भैरहवा, बुटवल, पाल्पाको तानसेन, कपिलवस्तुको गोरुसिङ्गे, कर्णाली प्रदेशको जुम्लामा होटलको सेवा दिँदै आएको पौवा ग्रुपले यसै वर्षबाट सुदुर पश्चिम प्रदेशको धनगढी र गुल्मीको रेसुङ्गा र दाङको घोराहीमा पनि होटल र रिसोर्ट संचालन गरेको छ ।

राजधानीमा हुने सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको कार्यक्रमहरुलाई स्थान अभाव नहोस् भन्नका लागि सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको प्रमुख परिचालन अधिकारी कृष्ण गौतमले जानकारी दिएका छन् । होटलमा २९ वटा रुम रहेका छन् । जसमा स्टाइन्डर, डिलक्स, ग्राण्ड डिलक्स, सुइट रुम, साना तथा मझौला गोष्ठी, सेमिनार तथा बैठकहरु संचालन गर्न मिल्ने हलहरु रहेको गौतमले बताए ।

अव बन्ने भवनमा ८०० देखि १००० जना अट्ने सेमिनार हल निमार्ण गरिने बताइएको छ । होटलमा नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टल खाना पाइने र होम डेलिभरीको व्यवस्था समेत रहेको गौतमले बताए । यसै बीच होटल पौवाले निकट भविष्यमा ४०÷५० वटा रुम सहितको थप नयाँ भवन र स्वीमिङ पुल समेत बनाइने बताइएको छ । त्यसै गरी होटल पौवाले चार्डपर्वका अवसरमा रुममा बस्नेका लागि ५० प्रतिशत छुट गरी १५७५ रुपैयाँ कायम गरेको छ । साथै निकट भविष्यमा पौवाको शाखा १ सय पु¥याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे