तुलसीपुरमा बौलाह कुकुरको टोकाईबाट १३ जना घाइते



तुलसीपुरमा बौलाह कुकुरको टोकाईबाट १३ जना घाइते

तुलसीपुर २४ भदौ । बौलाह कुकुरको टोकाईबाट तुलसीपुरमा १५ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ बालापुर निबासी २६ बर्षकी दिलमाया नेपाली, ३५ब बर्षकी कुमारी विक, २४ बर्षका प्रेम चौधरी, कुमालगडी निबासी २५ बर्षका छाँया वली, ४५ बर्षका मदन चौधरी रहेका छन् ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका –८ अश्वारा निबासी ७६ बर्षका नन्दकुमार आचार्य, १० बर्षकी कुशुम परियार, ७ बर्षकी तुलसी परियार, ५० बर्षका शिवराज भण्डारी , १७ बर्षकी मिना केसी, २८ बर्षकी बन्दना सेन ठकुरी र २१ बर्षका विवेक वली, शिवा आचार्य घाईते रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ । कुकुरले बढी टोकेका कारण र टाँका लगाउन नमिल्ने भएकालाई रेबिज सुईले मात्र काम नगर्ने भएकाले इमोग्लोविन भ्याक्सीन लगाउन काठमान्डौ रिफर गरिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख डा. विनोद सिंहले बताए । रेबिज सुई तुलसीपुरमा प्रयाप्त मात्रा रहेको डा. सिंहले बताए । कुकुरले पशुचौपायालाई पनि टोकेको स्थानीयले बताएका छन् ।

यसैविच टोक्दै हिड्दे ४ वटा बौलाह कुकुर मध्य २ वटा मारेको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । स्थानीयको सहयोगमा प्रहरीले पनि बौलाह कुकुरलाई खोजी रहेको बताउँदै डिएसपी सिंहले गाउँमा माइकीङ समेत गर्न लगाएको र भोलिदेखि कुकुर मार्ने अभियानलाई तिब्रता दिने बताए ।

नगर प्रमुख पाण्डेद्धारा जानकारी
यसैबिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहागनरपालिका–२ बालापुरमा पुगेर कुकुरले टोकेका व्यक्तिहरुको विषयमा जानकारी लिनु भएको छ ।

वडा अध्यक्ष राजु आचार्यसंग भेटघाट गरेर घटनाको बिषयमा जानकारी लिँदै घाइतेलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्था निशुल्क गर्ने र त्यसका लागि तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखालाई समन्वय गर्न अध्यक्ष अचार्यलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे