देशभर बिहिबार थप १२७१ जनामा कोरोना संक्रमण, १,८४५ जना संक्रमणमुक्त, १४ जनाको मृत्यु



देशभर बिहिबार थप १२७१ जनामा कोरोना संक्रमण, १,८४५ जना संक्रमणमुक्त, १४ जनाको मृत्यु

काठमाडौं २४ भदौ । देशभर बिहिबार थप १ हजार २ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ९८ पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबार संक्रमणमुक्त हुनेको संख्या १ हजार ८ सय ४५ रहेको छ भने कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५ सय ८७ पुगेको छ । तीमध्ये १० हजार ९०३ जनाको मृत्यु भएको छ भने ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६ सय ७८ जना रहेका छन् । जसमध्ये २६ हजार ८ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७ सय ९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४ सय ५८ जना आईसीयू र १ सय ३९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ५ जनामा कोरोना संक्रमण देखिउको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ७७, झापामा ७६, सुनसरीमा ७५, ललितपुरमा ६७, कास्कीमा ५२ जनामा कोरोना संक्रमण देखिएको छ भने चितवनमा ४०, भक्तपुरमा ३७, रुपन्देहीमा ३०, कैलालीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा १६, सिरहा र गोरखामा १३/१३ जना, सुर्खेतमा १२, नवलपरासी पुर्वमा ११ र बागलुङ र बाँकेमा १०/१० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे