दाङकाे घोराहीमा विद्यालय खोल्न सुझाब, सोमबार देखी खोल्ने तयारी



दाङकाे घोराहीमा विद्यालय खोल्न सुझाब, सोमबार देखी खोल्ने तयारी

घोराही २४  भदौ । अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा महामारीमा शैक्षिक क्षेत्र र यसका आर्थिक सामाजिक असरका विषयमा घोराहीमा सरोकारवाला बिच छलफल भएको छ । घोराही उपमहानगरपालिका र शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल समन्वय समिति दाङको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले अब विद्यार्थीको भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्नुको बिकल्प नभएको बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक संगठनका पदाधिकारी एवं विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधीहरुले विद्यार्थीको भौतिक उपस्थिती मै विद्यालय सञ्चालन गर्नुको बिकल्प नभएको बताएका हुन् ।

कोरोना महामारीले शैक्षिक क्षेत्रलाई दिर्घकालिन असर पुर्‍याएको भन्दै आबस्यक सुरक्षा मापदण्डको पालना गरि विद्यालय खोल्नु पर्नेमा उनिहरुले सुझाब दिएका हुन् । दशै लगाएत अन्य विभिन्न सार्वजनिक बिदालाई कटौती गरेर भए पनि विद्यार्थीलाई पढाउने तर्फ सबैले ध्यान दिनुपर्नेमा समेत उनिहरुको जोड छ ।

घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाहरुले उमेर पुगेका विद्यार्थीलाई कोरोना खोप लगाउने र अन्यको हकमा विषेश साबधानी अपनाएर विद्यालय खोल्नुपर्ने बताएका हुन् ।

स्वास्थ्य सुरक्षा मापदण्डको पालना र अनुगमनलाई प्रभावकारी बनाउन सुझाब दिएका छन् । सहभागिहरुले अब तिज लगत्तै विद्यालय खोल्नुपर्ने बताएका छन् । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगर भित्रका विद्यालय खोल्ने अनुमतीका लागि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रमा पत्र पठाएको बताए ।

आफुहरु पनि यही भदौ २८ गते देखी विद्यालय खोल्ने पक्षमा रहेको उनको भनाई छ । त्यसैगरी, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल समन्वय समितिका अध्यक्ष रुपलाल चौधरीले सबैको सहमती र सुरक्षित बाताबरणमा विद्यालय खोल्ने तर्फ लाग्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे