दाङमा कक्षा १२ का बिद्यार्थीलाई प्रवेश पत्रको आधारमा कोरोना बिरुद्धको खोप लगाइने



दाङमा कक्षा १२ का बिद्यार्थीलाई प्रवेश पत्रको आधारमा कोरोना बिरुद्धको खोप लगाइने

दाङ २४ भदौ । दाङमा कक्षा १२ को परिक्षा दिने बिद्यार्थीलाईे कोरोना बिरुद्धको खोप दिइने भएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितीको हिजो बसेको बैठकले कक्षा १२ को परिक्षा दिने बिद्यार्थीलाई आगामी भदौ २७ र २८ गत खोप दिन लागिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

कार्यालयले सुचना प्रकाशित गरेर आगामी २७ र २८ गते दुइ दिनमा दाङका १० वटै स्थानिय तहबाट कक्षा १२ को नियमित र आंशिक परिक्षा दिने बिद्यार्र्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा दिइने सुचनामा उल्लेख गरिएको छ ।

जस अनुसार घोराहीमा ३ हजार आठ सय ४६ जनालाई,तुलसीपुरमा ३ हजार ३ सय ८९,लमहीमा ९ सय ९९ लाई खोप दिइने उल्लेख गरिएको छ ।

त्यसैगरी  राप्ती गाउपालिकामा ७ सय ११, बबई गाउपालिकामा १ सय ९१, बंगलाचुली गाउपालिकामा ५२, दंगिशरण गाउपालिकामा ८७ जना बिद्यार्थीलाई खोप दिइने लक्ष्य रहेको जनाएको छ ।

त्यस्तै गढवा गाउपालिकामा ४ सय ५८,राजपुर गाउपालिकामा १ सय ३३ र शान्तीनगर गाउपालिकामा २ सय ९१ गरि जम्मा १० हजार १ सय ५७ जनालाई खोप दिने सुचनामा उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीद्धारा हस्ताक्षरित सुचनामा सो कुरा उल्लेख छ ।

साथै सम्बन्धित बिद्यार्थीले आफ्नो कक्षा १२ को प्रवेश पत्रको साथमा आफ्नो पाएक पर्ने स्थानमा गएर पहिलो मात्राको खोप लगाउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे