दाङमा बिहिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना संक्रमणमुक्त



दाङमा बिहिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना संक्रमणमुक्त

दाङ २४ भदौ । दाङमा बिहिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा ५ जना र राप्ती गाउँपालिकामा गरिएको एन्टीजेन परिक्षणमा एक जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

३० जनामा पिसिआर परिक्षण गर्दा ५ जनामा र ३ जनाको एन्टीजेन परिक्षणमा एक जनामा कोरोना देखिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । जसमा ४ महिला र २ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरु मध्य तुलसीपुर र राप्तीका दुई दुई जना र घोराहीका एक जना रहेका छन् ।

यसैबीच विहिबार थप १२ जना कोरोना मुक्त भएका छन् । घोराही र तुलसीपुरका पाँच पाँच जना र लमही तथा राप्तीका एक एक जना रहेका छन् । दाङका अहिले सकृय बिरामीको संख्या ६२ जना रहेको छ ।

उनिहरु मध्य घरमा ५२ जना, आईसीयूमा ६ जना र अक्सिजन सहितको उपचारमा ४ जना रहेका छन् । दाङमा बैशाख यता कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ६३ पुगेको छ भने ८ हजार ६ सय ८८ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे