दाङ लगायत थारु बाहुल्यता रहेको पश्चिम तराईका ५ जिल्लामा अट्वारी पर्वको सार्वजनिक बिदा



दाङ लगायत थारु बाहुल्यता रहेको पश्चिम तराईका ५ जिल्लामा अट्वारी पर्वको सार्वजनिक बिदा

दाङ २४ भदौ । भदौ २७ गते आईतबार दाङ लगाएत थारु बाहुल्यता रहेको पश्चिम तराईका ५ जिल्लामा सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्लामा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे