बाँकेमा वडाध्यक्षसहित १२ जनप्रतिनिधिले राेजे एकीकृत समाजवादी



बाँकेमा वडाध्यक्षसहित १२ जनप्रतिनिधिले राेजे एकीकृत समाजवादी

बाँके २२ भदाै । बाँकेमा नेकपा एमाले परित्याग गरी वडाध्यक्षसहित १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेमा पुगेर वैजनाथ गाउँपालिकाका ४ का वडाध्यक्ष कालीबहादुर सिंहसहित १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेर सनाखत गरेका जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

कोहलपुर नगर कार्यपालिका सदस्य नारायणी वलीसहित चार सदस्य, जानकी गाउँपालिकाका दुई कार्यपालिका सदस्य, नेपालगञ्ज उपमहानगरपालिकाका एक सदस्य र खजुरा गाउँपालिकाका चार सदस्यले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे