सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा



सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

धनगढी २२ भदौ । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् ।

विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराज पार्टी विभाजनपछि एमालेमै रहेका छन् । बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए ।

पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए । गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सो क्रममा उनी आर्थिक मामिला मन्त्री बनेका थिए भने गहतराज राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे