दाङका २१ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी राेजे



दाङका २१ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी राेजे

दाङ २३ भदाै । दाङमा स्थानिय तहका २१ जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादी दल रोजेका छन् । माधव कुमार नेपालले नयाँ दल दर्ता गरेपछि निर्वाचन आयोगले देशभरका जनप्रतिनिधिहरुलाई गत भदौ १५ गतेदेखी २२ गते सम्म दल रोज्न समय दिएको थियो । सोहि अनुसार दाङका स्थानिय पालिकाका २१ जना जनप्रतिनिधिहरुले प्रदेश निर्वाचन कार्यालय दाङमा समाजवादीको पक्षमा सनाखत गरेको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिएका छन् ।

जिल्लामा स्थानिय तहको निर्वाचन २०७४ मा एमालेबाट सुर्य चिन्ह लिएर निर्वाचित २०९ जना जनप्रतिनिधि मध्ये २१ जनाले समाजवादी दल रोजेका छन् । यसरी दल परिबर्तन गर्नेमा एक जना गाउँपालिका उपाध्यक्ष, दुई जना वडा अध्यक्ष, दुई जना जिल्ला समन्वय समितिका सदस्य,चार जना कार्यपालीका सलस्य र बाह्र जना वडा सदस्य रहेका छन् ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी, घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्की , तुलसीपुर १६ का वडाध्यक्ष भुप बहादुर केसीले नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजबादी पार्टीमा सनाखत गरेका हुन् ।

जिल्ला समन्वय समिति दाङका सदस्य सावित्रा रिजाल र तिलाकुमारी बुढाले पनि समाजबादी पार्टी रोजेका छन् । त्यसैगरी घोराही उपमहानगरपालीकाका कार्यपालीका सदस्यहरु देविलाल दुधराज,डिल्ली बहादुर नेपाली,धन बहादुर कुसुन्डा र राजपुर गाउँपालीकाका कार्यपालीका सदस्य भक्त बहादुर विक रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे