देशभर आइतबार थप १,०८९ जनामा कोरोना संक्रमण पुष्टि, १,५३४ जना संक्रमणमुक्त, २० जनाको मृत्यु



देशभर आइतबार थप १,०८९ जनामा कोरोना संक्रमण पुष्टि, १,५३४ जना संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं २० भदौ । देशभर आइतबार थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९ सय ७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आइतबार कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ३४ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ भने ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेका छन् । जसमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५२३ जना आईसीयू र १६२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०० जनामा कोरोना संक्रमण देखिएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २८८, मोरङमा १३४, ललितपुरमा ९८, भक्तपुरमा ६७, कास्कीमा ५५, सुनसरीमा ४७, काभ्रेपलाञ्चोकमा ३६, झापा र जुम्लामा ३२/३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै रुपन्देहीमा २८, सिन्धुलीमा १९ र नुवाकोटमा ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे