नेकपा एकिकृत समाजवादीको संगठन विस्तार, लुम्बिनी प्रदेशको ईन्चार्जमा दाङका विश्वासी



नेकपा एकिकृत समाजवादीको संगठन विस्तार, लुम्बिनी प्रदेशको ईन्चार्जमा दाङका विश्वासी

काठमाण्डौ २० भदौ । नेकपा एकीकृत समाजवादीले संगठन विस्तारको काम सुरु गरेको छ । जसअनुसार आईतवार पार्टीले ५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। नेकपा एमालेमा रहँदा स्थायी कमिटी सदस्य रहेकालाई मात्र स्थायी कमिटीमा राखिएको छ ।

स्थायी कमिटीमा पार्टी अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहनुभएको छ । एकीकृत समाजवादीले जारी गरेको अन्तर पार्टी निर्देशन अनुसार पार्टीको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे