दाङमा पछिल्लाे समय कोरोनामुक्त हुनेको संख्या बढ्दै, आइतबार ३ जना थपिदा ११ जना निकाे



दाङमा पछिल्लाे समय कोरोनामुक्त हुनेको संख्या बढ्दै, आइतबार ३ जना थपिदा ११ जना निकाे

दाङ २० भदौ । दाङमा पछिल्लो समय कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा आइतबार थप ११ जना निको भएका छन भने ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर परिक्षण गर्दा दुई पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराही, तुलसीपुर र बबईका १/१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज निको हुनेमा घोराहीका ५ जना, तुलसीपुर, लमही र राप्तीका २/२ जना रहेका छन् ।

आज थप ११ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ६३ मा झरेको छ । ति मध्य घरमा ५४ जना, अक्सिजन सहितको उपचारमा ३ जना र ७ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय ४१ जना पुगेको छ । ति मध्य ८ हजार ६ सय ६५ जना निको भएका छन भने २ सय १२ जनाको मृत्युभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे