आशाका किरण संस्थाद्धारा राप्तीका ९ वटै वडाहरुमा तपाईको मास्क खोइ अभियान सुरु



आशाका किरण संस्थाद्धारा राप्तीका ९ वटै वडाहरुमा तपाईको मास्क खोइ अभियान सुरु

भालुवाङ १९ भदौ । दाङमा प्रहरी र स्थानीय सरकारले सञ्चालन गरेको मास्क अभियान प्रभावकारी नदेखिए पछि एक संस्थाले तपाईको मास्क खोई अभियान सुरु गरेको छ । प्रहरीले जरिवना तिराउ छ कि भन्ने डरले मास्क नलगाएकाहरु तर्सिने गरेका छन् । सोही कारण दाङमा मास्क अभियान प्रभावकारी नदेखिएको हो ।

सरकारले बढ्दो कोरोना महामारीका बीच पनि विस्तारै सवै क्षेत्र खुकुलो बनाउँदै जाँदा जोखिम बढ्न सक्ने भन्दै राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले इलाका प्रहरी कार्यालय भालुवाङ र राप्ती उद्योग वाणिज्य संघ सँगको समन्वयमा मास्क अभियान सुरु गरेको हो । राप्ती गाउँपालिकाको ९ वटै वडामा सञ्चालन गरिने अभियानको सुरुवात वडा नम्बर १ भालुवाङ बजारबाट गरिएको छ । पहिलो दिनको मास्क अभियानमा व्यापारी, यात्रु तथा स्थानीयले मास्क नलाइ हिडिरहेको पाइएको थियो ।

महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ संस्थाले माक्स अभियान सञ्चालन गरेकोे छ । भालुवाङ पुल्चोक बजारबाट सुरु अभियानले बजार क्षेत्रका विभिन्न चोक र गल्ली–गल्लीमा सचेतना अभियान संचालन गर्दै माक्स वितरण गरेकोे छ । महामारी केहि कम भएपनि जोखिम भने कायमै रहेकोले मास्क प्रयोगका बारेमा सचेतना फैलाउन अभियान सुरु गरिएको बताइएको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष अशोक बेल्वासेको अगुवाईमा सुरु भएको मास्क अभियानमा संस्थाका उपाध्यक्ष सुष्मा चौधरी, महासचिव लोकमणी भुसाल, सचिव दिवस आचार्य, सदस्य थंमन राना, प्रेस संयोजक ओमप्रकाश गुप्ता, सल्लाहकार सन्तोषकुमार गुप्ता, राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा, नेपाल प्रहरी र ट्राफिक प्रहरीको सहभागिता रहेको थियो ।

मास्क अभियान सञ्चालन गरिरहँदा मास्क प्रयोग र यसको उपयोगिताका बारेमा सर्वसाधारणले थाहा नपाउँदा मास्क प्रयोगमा कमी आएको देखिन्छ । त्यसैले मास्क वितरण सँगै मास्क प्रयोगको फाइदा बारे सर्वसाधारणलाई सु सुचित गर्न सक्ने हो भने । कोरोनाको जोखिमबाट केहि हद सम्म बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे