दाङको देउखुरीमा बोइलर कुखुराको मुल्य घटयाे



दाङको देउखुरीमा बोइलर कुखुराको मुल्य घटयाे

सिसहनियाँ १९ भदाै । दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य भदाै २९ गते देखि लागु हुने गरी घटेकाे छ । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शुक्रवार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य घटाएको हो । अव तयारी ब्रोइलर प्रती केजी २२० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३३० रूपैयाँ कायम गरेको छ ।

यस अघि जिउदो कुखुराको मुल्य २५० थियो भने फ्रेसमासुको मुल्य ३६० रुपैयाँ कायम गरेको थियो । देउखुरीमा कुखुरा धेरै र माग कम भएकोले मुल्य बढाउनु परेको समुहका प्रवक्ता तथा कोषाध्यक्ष प्रकाश पोख्रेलले जानकारी दिएका छन् । साथै प्रवक्ता पोख्रेलले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान, मासु ब्यबसायी,लगाएत आमउपभोक्ताहरुमा अनुरोध गरेका छन् ।

बैठकमा समुहका उपाध्यक्ष खिमा भण्डारी, सचिव पहलमान चौधरी ( अनुप ), कोषाध्यक्ष तथा प्रवक्ता प्रकाश पोख्रेल, सहसचिव जिबराज भट्टराई, सदस्य वसन्त थापा, मधु खड्का, तिलबहादुर डाँगी, बिश्वराज श्रेष्ठ, सुर्यनारायण चौधरी, टेकबहादुर पुन, दुर्गा सार्की र अरुणा केसीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे