अर्घाखाँचीमा हायस गाडी दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, आठ जना घाइते



अर्घाखाँचीमा हायस गाडी दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, आठ जना घाइते

अर्घाखाँची १९ भदाै । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-३ ठाडामा हायस गाडी दुर्घटना हुँदा एक जना ज्यान गएकाे छ । आठ जना घाइते भएका छन् ।

काठमाण्डाैबाट अर्घाखाँचीकाे सन्धिखर्क आउँदै गरेकाे बा ३ ख ८६३९ नम्बरको हायस आज बिहान दुर्घटनामा परेकाे हाे । दुर्घटनामा भूमिकास्थान-९ ढिकुराका सञ्जय विककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिनुभयाे । बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको उनले बताए ।

घाइते भएकामध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । घाइते ६ जनाकाे प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए  । दुर्घटनाका विषयमा बारेमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे