दाङबाट पश्चिम रुकुम जाँदै गरेको यात्रुवाहक बस कपुरकोटमा दुर्घटना हुँदा १५ जना घाइते



दाङबाट पश्चिम रुकुम जाँदै गरेको यात्रुवाहक बस कपुरकोटमा दुर्घटना हुँदा १५ जना घाइते

तुलसीपुर १८ भदौ । सल्यानको कपुरकोटमा यात्रुवाहक बस दुर्घटना हुंदा १५ जना घाइते भएका छन् । आज शुक्रबार दिउंसो पौने २ बजेतिर कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै जमपानी स्थित दाङबाट पश्चिमरुकुम तर्फ जाँदै गरेको राप्ती यातायात समितीको रा १ ख १७९२ नम्बरको बस अनियन्त्रित भई सडकको माथिल्लो भागको भित्तामा पल्टिन जाँदा उक्त बसमा पल्टीदा १५ जना घाइते भएको सल्यान प्रहरीले बताएको छ । बसमा २८ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ ।

घाइते हुनेमा जिल्ला सल्यान कपुरकोट ५ निवासी २३ वर्षिय रेखा साहु, सोही ठाउँ निवासी ३१ वर्षिय सिता बुढाथोकी, दार्मा गउायँपालिका ५ निवासी २० वर्षिय प्रबेश बस्नेत, शारदा नगरपालिका १५ निवासी ४९ वर्षिय तारा प्रसाद नाथ, शारदा नगरपालिका १ निवासी ४० वर्षिय कृष्णा गौतम, कुमाख गाउँपालिका निवासी ७३ वर्षिय हिरे राना, कपुरकोट गाउँपालिका ५ रिम निवासी ४५ वर्षिय धन कुमारी रोका, सोही ठाउँ निवासी २१ वर्षिय याम कुमारी बोहरा, कपुरकोट गा.पा.५ निवासी तिला महतरा, बागचौर नगरपालिका २ निवासी ४५ वर्षिय लाल बहादुर डाँगी, दाङ दंगीशरण गाउँपालिका ५ निवासी २५ वर्षिय निर्मला शर्मा, तुलसीपुर ३ निवासी २८ वर्षिय बिनोद बुढाथोकी, पश्चिमरुकुम मसिकोट नगरपालिका ४ निवासी ७५ वर्षिय मोहन सिंह पुन, पश्चिमरुकुम त्रिबेणी गाउँपालिका २ निवासी २१ वर्षिय जोक बहादुर खड्का र सोही ठाउँ निवासी २२ वर्षिय किरण ओली घाइते भएका छन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । साथै चालक फरार रहेकोले खोजी कार्य जारी रहेको र दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे