आम निर्वाचनमा भाग लिन एमालेले कसै सँग साहरा लिदैन : प्रथम मुख्यमन्त्री पोख्रेल



आम निर्वाचनमा भाग लिन एमालेले कसै सँग साहरा लिदैन : प्रथम मुख्यमन्त्री पोख्रेल
लमही १९ भदाै । लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोख्रेलले आम निर्वाचनमा भाग लिन एमालेले कसैसंग साहरा नलिने बताएका छन् । पार्टी भित्रका अराजक प्रवृत्तिका व्यक्तिका कारण केही समस्या निम्तिएको भएपनि त्यसले कुनै असर नगर्ने बताएका हुन्।
नेकपा एमाले दाङ क्षेत्र नं. १ ले शुक्रबार लमहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्ताे बताएका हुन् । नेकपा एमाले दाङ क्षेत्र नं. १ का संयोजक शिवराज गिरीको अध्यक्षता तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य, लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोख्रेलकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे ।
भेलालाइ नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले नेकपा एमाले कुनैपनि हालतमा विचलीत नहुने बरु सुदृढ भएर जनमतका आधारमा फेरी पनि ठूलो पार्टी बन्ने उद्घोष गरेका छन् । नेकपा एमाले दाङ क्षेत्र नं. १ ले शुक्रबार लमहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमान्त्री केपी शर्मा ओलीको लोकप्रियता देखेर सरकार ढाल्ने षढयन्त्र रचिएको बताए ।
माधव नेपालको नेतृत्वमा अलग पार्टी बनेपछि नेकपा एमालेले कार्यकर्ता प्रशिक्षण संगठन बिस्तार र सुदृढीकरण अभियान सञ्चालन गरेको छ ।
दाङ जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा बृहत कार्यकर्ता भेला गरेर पार्टी भित्रको अवस्था र अवको रणनीतिको बारेमा स्पष्ट पार्न थालेको हो । शुक्रबार दाङ क्षेत्र नम्बर १ को लमहीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, प्रतिनिधि सभाका सचेतक तथा नेत्री शान्ता चौधरी, नेकपा एमाले राष्ट्रिय परिषद सदस्य छविलाल वली, प्रतिनिधि सभा सदस्य गंगा थारु, राष्ट्रिय सभा सदस्य कोमल वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, तुलसा केसी, ध्रुब आचार्य, रामजी चौधरी(मिलन), नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, धुपनारायण चौधरी, सीता चौधरी लगायतले सम्बोधन गरेका थिए । क्षेत्रिय सचिव मोहन सिंह बुढाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन क्षेत्रिय इञ्चार्ज नारायण डिसी छम्पालीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे