जन्म दिनमा सहायक स्टेशन म्यानेजर गुप्ताद्धारा रक्तदान र निलसागरमा फलफूल वितरण



जन्म दिनमा सहायक स्टेशन म्यानेजर गुप्ताद्धारा रक्तदान र निलसागरमा फलफूल वितरण

देउखुरी १८ भदौ । रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोष कुमार गुप्ताले रक्तदान गरेका छन् । गुप्ताले आफ्नो ३२ औं जन्म दिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीमा पुगेर रक्तदान गरेका हुन् ।

“रक्तदान जीवन दान” भन्ने कुरालाई आत्मसाथ गर्दै समाजमा सामाजिक कार्य गरौं भन्ने संदेश पुगोस भनेर आफुले रक्तदान गरेको गुप्ताले बताए । त्यसै गरी गुप्ताले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा सडक आश्रिम आमाबुवाहरुलाई फलफूल र मिठाई वितरण समेत गरेका छन् । आश्रममा गएर गुप्ताले फलफूल र मिठाई प्रदान गरेर आर्शिवाद लिएका छन् ।

जन्म दिनमा बढ्दै गैरहेको बिकृतीलाई रोक्न म जस्ता जिम्मेवार सबै युवाले रक्तदान गर्नु पर्ने गुप्ताले भने । रगतको अभावले कसैले पनि अकालमा ज्यान गुमाउँन नपरोस, रगतको अभावमा छट्पटाईरहेका बिरामीले सहजै रगत पाओस भन्ने मनसायले रक्तदान गरेको उनको भनाई छ । त्यस्तै आश्रममा रहेका बेसहारा आमा बुवाहरुलाई उनीहरुको स्वास्थ्यमा केहि फाइदा गरोस भन्नका लागि आफुले फलफूल प्रदान गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे