लालमटियामा १३ औँ अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवस मनाइयो



लालमटियामा १३ औँ अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवस मनाइयो

लालमटिया १८ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा १३ औँ अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवसको अवसरमा गिद्ध संरक्षण सम्बन्धी सरोकारवाला निकायहरु बीच अन्तरक्रिया कार्यक्रम शुक्रवार लालमटियामा सम्पन्न भएको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समुह लालमटियाद्धारा सञ्चालित पशु वृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्र लालमटिया र नेपाल पंक्षी संरक्षण केन्द्र लाजिम्पाट काठमाण्डौंको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

सामुदायिक वनका अध्यक्ष भिमकान्त भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले गिद्धहरुको बास स्थान संरक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यसै गरी उनीहरुले गिद्ध  दुर्लभ पंक्षी भएकाले पशु र गिद्ध संरक्षणमा सवैले ध्यान दिनुपर्ने, वृक्षारोपण गर्नुपर्ने, सुधारिएको गोठ निमार्ण गर्नुपर्ने र सञ्चार माध्यममा प्रचार प्रसार गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, नेपाल पंक्षी संरक्षण केन्द्रका फिल्ड अधिकृत भुपाल नेपाली, राप्ती सव डिभिजन वन कार्यालयका फरेस्टर दामोदर डाँगी, प्राविधिक विष्णु पोख्रेल, रामजहदी सामुदायिक वनका सहसचिव होमप्रसाद आचार्य , नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद महेश रिजाल, समाजसेवी तथा बुद्धिजीविहरु मालिका आचार्य, गिरिजा भुसाल लगायतका वक्ताहरुले आ आफ्नो भनाई राखेका थिए । यमबहादुर रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सामुदायिक वनकी सचिव शिला पौडेलले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे