देशभर बिहिबार थप २,००४ जनामा कोरोना संक्रमण पुष्टि, १,८४६ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु



देशभर बिहिबार थप २,००४ जनामा कोरोना संक्रमण पुष्टि, १,८४६ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

काठमाडौं १७ भदौ । देशभर बिहिबार थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षणमा ३ सय ८५ जना गरी २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबार कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ८ सय ४६ रहेको छ भने १६ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३३ हजार ९ सय ४६ रहेको छ जसमध्ये ३१ हजार ६ सय १९ जना होम आइसोलेसनमा र २ हजार ३ सय २७ जना संस्थागत आइसोलेसनमा छन् ।

बिहिबार काठमाडौं उपत्यकामा ७ सय ९३ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५ सय ४१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय जना संक्रमित भेटिएका छन् । त्यस्तै झापामा १ सय २६, मोरङमा १ सय १२, कास्कीमा १ सय ५, सुनसरीमा ६४, चितवनमा ६०, रुपन्देहीमा ४१ र काभ्रेमा २८ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे