लुम्बिनी प्रदेशकाे राजधानी भालुवाङमा बिशेषज्ञ सेवा सहितको राजधानी फार्मेसीकाे सेवा शुभारम्भ



लुम्बिनी प्रदेशकाे राजधानी भालुवाङमा बिशेषज्ञ सेवा सहितको राजधानी फार्मेसीकाे सेवा शुभारम्भ

भालुवाङ १७ भदाै । लुम्बिनी प्रदेशको राजधानी दाङ—देउखुरीको भालुवाङमा बिशेषज्ञ सेवा सहितको राजधानी फार्मेसीले आज देखि आफ्नो शुभारम्भ गरेको छ । दाङको तुलसीपुर उप—महानगरपालिका वार्ड नम्बर ६ स्थायी घर भई हाल लालमटिया स्वास्थ्य चौकी भालुवाङका सह—इन्चार्जको रुपमा कार्यरत भुवन भण्डारीले राजधानी फार्मेसी सञ्चालनमा ल्याएका छन् ।

फार्मेसीको लुम्बिनी प्रादेशीक अस्पतालका न्यूरो विभाग प्रमुख डा. राजिव भण्डारीले रबिन काटेर उद्घाटन गरेका थिए । भालुवाङ पुल्चोक बजारको प्यूठान—रोल्पा सडक खण्डको उज्वल सुनचाँदी पसल भएको घरमा उक्त फार्मेसी सेवा सञ्चालनमा आएको छ ।

फार्मेसीमा निशुल्क बिरामी चेकजाँच, समान्य सल्याक्रिया तथा प्लास्टर सेवा, हरेक हप्ता बिशेषज्ञ सेवा, एक्सरे सेवा, फार्मेसी सेवा, इमरजेन्सी सेवा र प्याथोलोजी सेवा लगायतको सेवा दिइने फार्मेसीका सञ्चालक तथा स्वास्थ्यकर्मी भुवन भण्डारीले जानकारी दिए । यसैबीच आज पहिलो दिन एक सय बढीले सेवा लिएका छन् । पहिलो दिन फार्मेसीले सुगर, प्रेसर र निशुल्क चेकजाँच गर्न व्यवस्था मिलाएको थियो ।

फार्मेसी उद्घाटन कार्यक्रममा डा. तुलसीराम शर्मा, सिनियर प्याथोलिजष्ट मानबहादुर कुँवर, राप्ती उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जगतप्रसाद पोख्रेल, भालुवाङ होटेल व्यवसाय समितीका अध्यक्ष महेश बेल्बासे, राजनितिककर्मी टोपबहादुर कार्की लगायतको उपस्थति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे