दाङमा बिहिबार थप ५ जनामा काेराेना संक्रमण पुष्टि, १५ जना संक्रमण पुष्टि



दाङमा बिहिबार थप ५ जनामा काेराेना संक्रमण पुष्टि, १५ जना संक्रमण पुष्टि

दाङ १७ भदौ । दाङमा बिहिबार  १५ जना कोरोना संक्रमित निको हुँदा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २५ जनाको पिसिआर र ४ जनाको एन्टिजेन परिक्षण गर्दा २ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बिहिबार कोरोना पुष्टि हुनेमा घोराहीका ३, बबई र गढवाका १/१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै दाङमा बिहिबार १५ जना कोरोना मुक्त भएका छन् । कोरोनामुक्त हुनेमा घोराहीका ८ जना, तुलसीपुर र लमहीका ३/३ जना र राप्तीका एक जना रहेको केन्द्रले जनाएको छ ।

बिहिबार थप १५ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ८८ मा झरेको छ । ती मध्ये घरमा ८४ जना, अक्सिजन सहितको उपचारमा ४ जना र १० जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय २१ जना पुगेको छ । ति मध्य ८ हजार ६ सय १३ जना निको भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे