नेपाली कांग्रेसकाे सभापतिमा एक जनामात्रै उठ्ने पाैडेल पक्षकाे प्रतिबद्धता



नेपाली कांग्रेसकाे सभापतिमा एक जनामात्रै उठ्ने पाैडेल पक्षकाे प्रतिबद्धता

काठमाण्डाै १७ भदाै । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने जनाएको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता जनाएका हुन् ।

वरिष्ठ नेता पाैडेलले नेपाली कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाका रूपमा स्थापित गर्न सहमति र छलफलमा ठाउँ अनुसारको उम्मेदवारी दिने बताए । उनले पार्टीलाई बचाउन, लोकतन्त्र बचाउन र देशकाे अस्तित्वलाई जोगाउन एकताबद्ध भएर जाने पनि बताए । अहिले भएको एकता १४ औँ महाधिवेशनको अन्तिमसम्म पनि कायमै राखेर अघि बढ्ने वरिष्ठ नेता पाैडेलकाे भनाइ छ ।

वरिष्ठ नेता पौडेलले अभूतपूर्व रूपमा क्रियाशील सदस्यको विवाद भएको भन्दै यसले पार्टीका निष्ठावान् व्यक्तिहरूलाई पीडा भएको बताए । पौडेल पक्षले कांग्रेसको वडा अधिवेशन सुरु हुनुभन्दा एक दिन अघिसम्म पनि सभापतिका आकाङ्क्षीहरूबीच सहमति हुन नसकेपछि महाधिवेशनमा साझा उम्मेदवारी दिने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा पौडेल पक्षका सभापतिका आकाङ्क्षीहरू पौडेलसहित महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायत सहभागी रहेकाे थियाे भने महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका युवा नेता गगनकुमार थापा पनि सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे