पुल निर्माणका अटेरी व्यवसायी, प्रशासनलाई समेत छले



पुल निर्माणका अटेरी व्यवसायी, प्रशासनलाई समेत छले

घोराही १७ भदौ । दाङ प्रशासनले सिस्नेखोलामा पुल बनाउने निर्माण कम्पनीका प्रतिनिधीलाई तत्काल पक्राउ गर्न प्रहरीलाई साउन २८ मा निर्देशन दियो । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले प्रहरीलाई पत्र लेख्दै सिस्नेखोला पुल निर्माणमा चरम ढिलासुस्ती गरेको भन्दै तत्काल एडभेन्चर/जेभीका प्रतिनिधी यज्ञ केसीलाई तत्काल पक्राउ गरेर प्रशासनमा उपस्थित गराउन निर्देशन बाँके प्रशासनलाई निर्देशन दिएका छन।

निर्माण कम्पनीको प्रतिनिधी खत्रीलाई लिखित र मौखिकरुपमा पटक पटक ताकेता गर्दा पनि काम नहुदा अहिलेको घटना भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङको भनाई छ । पुल निर्माणमा ढिलाई भएको गुनासो आएपछि यस अघि जुलाई १२ अर्थात असार २८ गते पुल निर्माण स्थलमा निर्माण व्यवसायीका प्रतिनिधी खत्रीको तस्विर फेसबुकमा अपलोड गर्दै एक महिना अर्थात साउन २८ गतेमा पुल निर्माण सक्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारीले लेखेका थिए ।

तर यो बिचमा कुनै काम भएको थिएन् । बुधबार राती नेपालगञ्जबाट घोराही आउदै गरेको कारलाई सिस्नेखोलामा आएको बाढीले बगाउदा ४ जना महिलाको मृत्युभयो । निर्माण व्यवसायी अहिले पनि सम्पर्कमा छैनन् प्रजिअले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे