गढवामा नागरिक समाजको अन्तरक्रिया कार्यक्रम सम्पन्न



गढवामा नागरिक समाजको अन्तरक्रिया कार्यक्रम सम्पन्न

गढवा १७ भदौ । नागरिक समाज गढवाको आयोजनामा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरिएको छ । नागरिक समाज गढवाका संयोजक मोहनकुमार पाण्डेय शंकरको अध्यक्षता एवं दाङ जिल्ला उप–संयोजक नीमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बहु चर्चित एम.सी.सी. सम्झौता खारेज गर्नु पर्छ भन्ने निष्कर्श निकालिएको थियो ।

सोही कार्यक्रममा गैरसरकारी संस्था समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तले भने संशोधन गरेर पास गर्नुपर्छ भन्ने एकल बिचार राखे । गढवाका उप–संयोजक खगेश्वर शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि नीमबहादुर थापाले “वर्तमान परिवेशमा नागरिक समाजको भूमिका” बिषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए । नागरिक समाज देउखुरीका सल्लाहकार दामोदर पाण्डेयले “रैतीदेखि नागरिकसम्म र किन चाहिन्छ नागरिक समाज” देउखुरी संयोजक दामोदर भण्डारीले “नागरिक समाजको गठन र निर्देशिका” बारेमा प्रस्तुति राखेका थिए ।

“साझा राष्ट्रिय मुद्दा र स्थानीय जनसरोकारका बिषय” मा भएको अन्तरक्रियामा एम.सी.सी. संशोधन होइन खारेज हुनुपर्छ, नागरिक समाजले साझा राष्ट्रिय मुद्दालाई प्राथमिकतामा राखेर प्रत्येक नागरिकसम्म सूचना पुराउनु पर्ने, बिदेशी नक्कल होइन आप्mनो संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नेबारे बालबालिका देखिनै ज्ञान गराउनु पर्ने, वौद्धिक व्यक्तित्वहरु र राजनीतिक कार्यकताहरुको कमजोरीका कारण राजनेताहरु स्वेच्छाचारी बनेको ठहर, कोभिडका कारण शिक्षा र स्वास्थ्य क्षेत्र तहसनहस भएकोले नागरिक समाजले स्थानीय सरकार र सरोकारवालाहरुसंग छलफल गरी व्यवस्थापन गर्न पहल गर्नुपर्ने र नागरिक समाज, राजनतिक दल एवं स्थानीय सरकारको सहकाय र समन्वयबाट साझा मुद्दाहरुको व्यवस्थापन गर्नु पर्नेलगायतका निष्कर्श निकालिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी गढवाको कार्यालय सभाहलमा भएको कार्यक्रममा गढवा बहुमुखी क्याम्पसका प्रमुख देवराज पाठक, पूर्व शिक्षक जगतराम यादव, पूर्व प्रअ रामस्वरुप वर्मा, मावि गढवाका प्रअ रामसुरत यादव, समाजसेवी दिलबहादुर महतारा, रोटरी क्लवका अध्यक्ष रविलाल आचार्य, नेपाल रेडक्रस सोसाइटी गढवाका अध्यक्ष दिपककुमार यादव, देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेल, नागरिक समाज गढवाकी सदस्य जया बि क लगायतले आ–आफ्ना बिचार राखेका थिए । समाजका प्रवक्ता एवं रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुखहरण यादवले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकरण समाजकी सदस्य मधा न्यौपानेले गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे