देशभर मंगलबार थप १,६६४ जनामा कोरोना संक्रमण, १,७८६ जना संक्रमणमुक्त, २० जनाको मृत्यु



देशभर मंगलबार थप १,६६४ जनामा कोरोना संक्रमण, १,७८६ जना संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं १५ भदौ । देशभर मंगलबार थप १ हजार ६ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय १७ पीसीआर परीक्षणमा १ हजार ५ सय २३ र ३ हजार १ सय ५ एन्टीजेन परीक्षणमा १ सय ४१ जना गरी कुल १ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार १ हजार  ७ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६ सय ४७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको छ भने ७ लाख १६ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ९१ जना रहेका छन् । जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३ सय ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५ सय ३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४ सय १३, झापामा १ सय ३६, कास्कीमा १सय २६, सुनसरीमा ९५, ललितपुरमा ८७ र चितवनमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ७८, भक्तपुरमा ६४, काभ्रेपलाञ्चोकमा ५३, मकवानपुरमा ४०, पर्वतमा ३७, गोर्खामा ३५ र रुपन्‍देहीमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

सिन्धुपाल्चोकमा २७, सुर्खेतमा २२, नवलपरासी पुर्व र बागलुङमा १८/१८ जना, जुम्लामा १४ , कैलालीमा १३ र इलाममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे