दाङमा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ १५ भदौ । दाङमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर जाँच गर्दा १२ जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका ७ जना, तुलसीपुर र लमहीका तीन तीन जना र शान्तिनगरका २ जना रहेका छन् । यो सहित दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय १० जना पुगेको छ ।

यसैबीच मंगलबार १३ जना कोरोना मुक्त भएका छन् । घोराहीका ९ जना र तुलसीपुरका ४ जना रहेका छन् । यो सहित कूल निको हुनेको संख्या ८ हजार ५ सय ११ जना रहेको छ ।

यसैबीच दाङमा अहिले सकृय बिरामीको संख्या १ सय १७ जना रहेको छ । ति मध्य एक सय ३ जना घरमा, आईसियूमा १२ जना र अक्सिजन सहितको उपचारमा २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे