बाग्मतीमा एमालेका १२ सांसद एकीकृत समाजवादीमा, मुख्यमन्त्री शाक्य अल्पमतमा



बाग्मतीमा एमालेका १२ सांसद एकीकृत समाजवादीमा, मुख्यमन्त्री शाक्य अल्पमतमा

मकवानपुर १५ भदाै । बाग्मती प्रदेश सभाका १२ सदस्यले एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।  १२ जना प्रदेश सभा सदस्यले मङ्गलवार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर एकीकृत समाजवादीको नाममा सनाखत गरेको भक्तपुरका प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठले उज्यालोलाई जानकारी दिए ।

निर्वाचन आयोगले यही भदाै २२ गतेसम्म दल रोज्न पाउने निर्णय गरेको छ । बाग्मतीमा १२ जना एमालेका सदस्य एकीकृत समाजवादीमा लागेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । उहाँले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

एक सय १० सदस्यीय प्रदेश सभामा ५६ सांसद रहेको एमालेसँग अब जम्मा ४४ जना मात्रै सदस्य रहेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।  गएकाे भदाै १ गते अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे