दाङमा लागूऔषध सहित दुई जना युवक पक्राउ



दाङमा लागूऔषध सहित दुई जना युवक पक्राउ

दाङ १५ भदौ । दाङमा लागूऔषध सहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । लमही नगरपालिका ९ शिव खोलास्थित पूर्वपश्चिम राजमार्गबाट करिब ११ ग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थसहित २ जनालाई गयराति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा लमहि नगरपालिका ४ शान्तिनगर का २३ वर्षीय विकास रोका र सोही ठाउँस्थित अर्नवाका २० वर्षीय सुनिल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । नेपालगंजबाट लमहीतर्फ आउँदै गरेको रा.३ प ३५१९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे