दाङको राप्ती नदीमा पानीले सतर्कता तह पार गर्यो, सतर्कता अपनाउन दाङ प्रशासनको आग्रह



दाङको राप्ती नदीमा पानीले सतर्कता तह पार गर्यो, सतर्कता अपनाउन दाङ प्रशासनको आग्रह

दाङ १४ भदौ । जिल्ला प्रशासन कार्यालय दाङले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । प्रशासनले सोमबार एक विज्ञप्ती जारी गर्दै पश्चिम राप्ती नदीको बागासोती जलपान केन्द्रको बहावले विहान साढे ६ बजे सर्तकता तह पार गरेको बताएको छ ।

जिल्लामा सोमबारदेखि अविरल बर्षा भैरहेकोले जिल्ला वासी र तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन अनुरोध गरेको हो । साथै प्रशासनले काठ, दाउँरा लगायत अन्य कामका लागि नदि क्षेत्रमा नजान अनुरोध गरेको छ ।  दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले हस्ताक्षर गरेको विज्ञेप्तीमा तटिय क्षेत्र लगायत अन्य क्षेत्रका बासिन्दालाई पनि उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे