दाङकाे तुलसीपुरमा भदौ १७ गतेदेखि खुला फुटबल प्रतियोगिता हुने



तुलसीपुर १३ भदौ । दाङकाे तुलसीपुर ८ को गैरीचौरमा खुला फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । बागेश्वरी टोल विकास संस्थाको आयोजना तथा दुधेना फुटबल क्लबको संरक्षणमा संचालन गरिन लागेको प्रतियोगिता यहि भदौ १७ गतेदेखि सुरु हुुने भएको छ ।

स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १८ बढी टिमको सहभागिता रहने आयोजक बागेश्वरी टोल विकास संस्थाका अध्यक्ष प्रकाश विश्वकर्माले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित मापदण्ड अपनाउदै तुलसीपुर ८ मा अवस्थित गैरिचौर खेल मैदानमा प्रतियोगिता संचालन गरिने भएको छ ।

प्रतियोगिताको बिजेता टिमले खसी तथा उपविजेता टिमले नगद सात हजार पाँच सय, मेडल, प्रमाणपत्र हात पार्ने छन् भने खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधा तर्फ खेलाडीलाई पुरस्कृत गरिने खेल संयोजक चुडामणी बस्यालले जानकारी दिए ।

यसैबीच आयोजकले यतिबेला प्रतियोगिताको तयारीलाई तिव्र पारेको छ । उसले टिम दर्ता, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, खेल मैदान निर्माण लगायतका पक्षमा तिब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे