नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत



नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । नयाँ बानेश्वरमा आइतवार बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

यसैगरी बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पार्टीले यही भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे