दाङमा आइतबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जना संक्रमण मुक्त



दाङमा आइतबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जना संक्रमण मुक्त

दाङ १३ भदौ । दाङमा आइतबार   थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा १३ जनाको एन्टीजेन परिक्षण गर्दा ५ पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा तुलसीपुरका ५ जना, घोराही, बबई र गढवाका एक/एक जना रहेका छन् ।  आइतबार थप भएका सँगै दाङमा सकृय बिरामीको संख्या १ सय २८ जना पुगेको छ । ति मध्य घरमा १ सय १४ जना, अक्सिजन सहितको उपचारमा २ जना र १२ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।

यस्तै, वितेको २४ घण्टामा ३५ जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका १८ जना, तुलसीपुरका १० जना, लमहीका ५ जना, राप्ती र गढवाका १/१ जना रहेको केन्द्रले जनाएको छ ।

आइतबार थपिएका ८ जना सहित बैशाख यता दाङमा कोरोना संक्रमित हुनेको संख्या ८ हजार ८ सय ७७ जना पुगेको छ । ती मध्ये ८ हजार ५ सय १६ जना निको भएका छ भने २ सय ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे