मेसुलाई कालोमोसो दल्नेलाई कारबाहीको माग गर्दै दाङका २० बढी स्वास्थ्य संस्थाद्धारा सेवा बन्द



मेसुलाई कालोमोसो दल्नेलाई कारबाहीको माग गर्दै दाङका २० बढी स्वास्थ्य संस्थाद्धारा सेवा बन्द

तुलसीपुर १३ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंहलाई दुव्र्यवहार गरेको विरोधमा प्रादेशिक अस्पताल सहित दाङका स्वास्थ्य संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गरेर अस्पतालका सेवालाई थप्प पारेका छन् । शुक्रबार डा. मेसुको कार्यकक्ष मै गएर सर्जन परियारको समूहले दिउँसो साढे १ बजेको समयमा मोसो दलेको थियो ।

घटना भएको ४८ घण्टा बितिसक्दा पनि परियार सहितको टोलीलाई नियन्त्रणमा नलिएको बिरोधमा आइतबार प्रादेशिक अस्पताल सहित दाङका २० बढी स्वास्थ्य संस्थाहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरी सेवालाई ठप्प पारेका हुन् ।

जारी विज्ञप्तीमा लेखिएको छ, घटना भएको ४८ घण्टा बितिसक्दा समेत दोषीलाई कार्वाही नगरेको हुदा हामी अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्न बाध्य भएकाछौं । दोषीलाई यथाशीघ्र पक्राउ गरी गरी कार्वाही गर्नका लागि हामी आन्दोलनमा एक्यवद्धता जनाउदछौं उल्लेख छ । साथै दोषीलाई कानुन अनुसारको कार्वाही नहुदासम्म चरणवद्ध रुपमा आन्दोलनलाई जारी राख्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे