लगातारकाे वर्षाले बुटवल-पाल्पा सडक खण्ड अबरुद्ध, बिभिन्न ठाउँमा पहिराे



लगातारकाे वर्षाले बुटवल-पाल्पा सडक खण्ड अबरुद्ध, बिभिन्न ठाउँमा पहिराे

बुटवल १३ भदाै । अबिरल वर्षाका कारणले बुटवल पाल्पा सडकखण्ड अवरुद्ध बनेकाे छ । सडकखण्डका बिचबिचमा पहिराे खस्दा सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जाएकाे छ ।

​तिनाउ ३ सिद्दबाबा, तिनाउ ३ सिसुवा ,तिनाउ ५ हिँउदेखोला, तिनाउ ५ केराबारी, तिनाउ ५ जरेपिपलमा पहिराे खस्दा सिद्दार्थ राजमार्ग अवरुद्ध बनेकाे छ। यस्तै बगनासकाली ४ सेरा, रम्भा ३ सितापहाडमा पहिराे जाँदा सडकखणंड अवरुद्ध बनेकाे र सुचारु गर्ने प्रयास जारी रहेकाे प्रहरीले जनाएकाे छ।

रातभरकाे पानीले अवरुद्ध बनेका सडक मध्य ३ वटा सुचारु भपनि भएका छनन। नसेन नगरपालिका ७ बर्तुङ चोक नजिक खसेकाे पहिराे हटाईएकाे प्रहरीले जनाएकाे छ । बिहान करिब ७ बजेतिर पहिराे हटाई सिद्दार्थ राजमार्ग अन्तरगतकाे सडकखण्ड सुचारु भएकाे हाे।

यस्तै तानसेन ११ सम्मोबारी स्थित तानसेन-रिडी सडक खण्डमा पहिराे गई अवरुद्ध बनेकाे थियाे। त्यहा बिहान साढे ८ बजे पहिराे हटाई सडक सुचारु गरिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।

बगनासकाली गाउपालिका धैरेनीमा पहिराे जाँदा सिद्दार्थ राजमार्गकाे उक्त खण्ड अबरुद्ध बनेपनि साढे ८ बजेकाे समयमा पहिराे हटाइ बाटाे सुचाररु गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे