आशाका किरण संस्थाको कार्यसमिति हेरफेर, राप्तीको ९ वटै वडाहरुमा मास्क अभियान चलाइने



आशाका किरण संस्थाको कार्यसमिति हेरफेर, राप्तीको ९ वटै वडाहरुमा मास्क अभियान चलाइने

भालुवाङ १२ भदौ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको आशाका किरण संस्थाको कार्य समिति हेरफेर गरिएको छ । संस्थाको हालै बसेको बैठकले कार्य समितिका केहि पदाधिकारी निश्कृय भएपछि अध्यक्ष बाहेकका अन्य पदमा हेरफेर गरिएको छ ।

जस अनुसार संस्थाको अध्यक्षमा सुर्यकिरण केसी, वरिष्ठ उपाध्यक्षमा अशोक बल्वासे, उपाध्यक्षमा सुष्मा चौधरी, महासचिवमा लोकमणी भुसाल, सचिवमा दिवश आचार्य, कोषध्यक्षमा रिषीराम खनाल, सह कोषाध्यक्षमा अस्मिता अधिकारी रहेका छन् । त्यसै गरी सदस्यहरुमा थंमन राना, श्रीधर जिसी, मुना पौडेल, युवराज पाण्डे, सावित्रा भुसाल, दिपेश आचार्य, माधव खनाल र छविलाल कडेल रहेका छन् ।

त्यसै गरी बैठकले संस्थाका शुभचिन्तक तथा पत्रकार ओमप्रकाश गुप्तालाई संस्थाको प्रेस संयोजकमा नियुक्त गरेको छ । यसै बीच संस्थाको शनिवार बसेको बैठकले थप निणर्यहरु गरेको छ । जस अनुसार बैठकले सल्लाहकार चयन गरेको छ । जसमा चुरामणी भुसाललाई कानुनी सल्लाहकार, सन्तोषकुमार गुप्तालाई प्रेस सल्लाहकार, प्रकाश विष्टलाई स्वास्थ्य सल्लाहकार र नुमानन्द सुवेदी, जगतप्रसाद पोख्रेल, होमप्रसाद शर्मा, गणेश आचार्य, जिवराज बस्नेत, दिलिप भुसाल, नुमानन्द खनाल सल्लाहाकरमा रहेका छन् ।

त्यसै गरी बैठकले यहि भदौ १९ गते शनिवार देखि राप्ती गाउँपालिकाको ९ वटै वडामा मास्क अभियान सञ्चालन गर्ने, नयाँ सदस्यता खुल्ला गर्ने, संस्थाका क्रियाशील बनाउने, भावी कार्यक्रमहरु तय गर्ने, पोशाक र परिचयपत्रको व्यवस्था गर्ने र संस्था सञ्चालनका लागि राप्ती गाउँपालिकाको वडा नम्बर १ मा कार्यालय स्थापना गर्ने लगायतको निणर्य गरेको छ । बैठक संस्थाका वरिष्ठ उपाध्यक्ष अशोक बेल्वासेको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे