देशभर शुक्रबार थप २,०६५ जनामा काेराेना संक्रमण पुष्टि, २,३३७ जना सङ्क्रमण मुक्त, २५ जनाको मृत्यु



देशभर शुक्रबार थप २,०६५ जनामा काेराेना संक्रमण पुष्टि, २,३३७ जना सङ्क्रमण मुक्त, २५ जनाको मृत्यु

काठमाण्डाै ११ भदाै । देशभर शुक्रबार कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । यसअघि गएको शनिवार र आइतवार पनि सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी थियो ।

यस्तै शुक्रबार थप २ हजार ३ सय ३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ७ लाख ८ हजार दुई सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रबार थप २ हजार ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार १ सय १७ जनाको नमुना परीक्षण गर्दा २ हजार ६५ जनामा सङ्क्रमण देखिएको हो । योसँगै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ३८ हजार नौ सय ४८ पुगेको छ ।

शुक्रबार नमुना परीक्षण गरिएकामध्ये १५ दशमलव ७४ प्रतिशतमा काेराेना सङ्क्रमण देखिएकाे छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप २५ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय ६३ पुगेको छ ।

अहिले नेपालमा ३७ हजार ५ सय ९९ सक्रिय सङ्क्रमित रहेकामा ६ सय ६२ जनाको आईसीयू र एक सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे